दशैँ बिदापछि खुलेको सेयर बजारमा छायो हरियाली, नेप्से ४४.६२ अंकले बढ्यो

डिसी नेपाल
२३ असोज २०७९ १५:३७
136
Shares

काठमाडौँ। दशैँ बिदापछि खुलेको सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से ४४.६२ अंकले बढेर १ हजार ८९८.३८ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरको भएको छ। यसको आज २२ करोड ६९ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक र उप्कर लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड र आरबीबी म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.