राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद कहिले ?
काठमाडौँ। राधी विद्युत कम्पनीको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद अव दुई दिन मात्र बाँकी रहेको छ।
कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर बिक्री खुल्ला गरेको छ। कम्पनीले १ः१.४७५२ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबर हकप्रद सेयर जारी गरेको छ।
हकप्रद सेयर जारी गर्न कम्पनीले भदौ १२ गते बुक क्लोज गरेको थियो। यस अनुसार भदौ १० गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।
यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।







डिसी नेपाल







Facebook Comment