एनएलजी इन्स्योरेन्सको सिइओमा पन्त पुनः नियुक्त
काठमाडौ। एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको १३ असोजको निर्णयअनुसार २४ असाेजदेखि लागू हुने गरी पन्त पुन: सिइओ नियुक्त भएका हुन्।
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ। सिइओ पन्तको कार्यकाल चार वर्षको हुनेछ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment