सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएका हुन्।
यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जोकोहीले मंगलबारबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment