लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
२५ असोज २०७९ २१:५८
52
Shares

काठमाडौं । लघुवित्त संस्थाहरुको खारेजीको माग गर्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्तीय संस्थाले आर्थिक र समाजिक रुपान्तरणको नाममा जनतालाई शोषण गरेको भन्दै लघुवित्तिय संस्था खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ’घ’ वर्ग भएको भन्दै नेपाली जनतालाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्तिय संस्थाहरुले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र रकमको व्यवस्था गर्नुपर्ने माग गरेको जिकिर गरे ।

संघर्ष समितिले समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने समेत जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.