सडक निर्माणको क्रममा ढुङ्गा लागेर मजदुरको मृत्यु
सांकेतीक तस्वीर
गोरखा । बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको क्रममा ढुङ्गाले लागेर बुधबार गोरखामा एक मजदुरको मृत्यु भएको छ ।
नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा ढुङ्गाले लागेर लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment