दार्चुलाको गोकुलेश्वर माविमा आमसभा गर्ने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
२४ कार्तिक २०७९ २२:४९
44
Shares

काठमाडौं । निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यमिक विद्यालयमा आमसभा गरेकामा आयोगबाट विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए ।

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थित गोकुलेश्वर उच्च माध्यमिक विद्यालय गोकुलेश्वरमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)समेतको दलको आयोजनामा गरिएको थियो ।

आयोगले निर्वाचन प्रचार–प्रसारका लागि चुनावीसभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला–१ (१)मा कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा–१ (२) मा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ग) मा ‘कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार–प्रसार गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

साथै, दफाको खण्ड (क) मा ‘सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत कार्य गरेकोप्रति आयोगले स्पष्टीकरण सोधेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.