१३ हजार मत गन्न बाँकी छँदा ओलीको २३ हजारको अग्रता, जित निश्चित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । १३ हजार मत गन्न बाँकी छँदा ओलीको अग्रता नै २३ हजारको पुगिसकेकोले उनको जित निश्चित भएको हो ।
८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् ।
उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो । अब, १३ हजार ३ सय ८६ मत गणना बाँकी छ । तर, ओलीले अधिकारीभन्दा २३ हजार ६ सय ५९ मतान्तरको अग्रता बनाइसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment