अर्घाखाँचीमा पुष्पा भुसालभन्दा टोपबहादुर दुई हजार ४१ मतले अगाडि

डिसी नेपाल
७ मंसिर २०७९ १७:१६
612
Shares

अर्घाखाँची । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टोपबहादुर रायमाझीले आफ्नो अग्रता कायमै राखेका छन् ।

६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गरेकी छन् । रायमाझी र भुसालबीच दुई हजार ४१ मतको अन्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका हरिप्रसाद भुसालले २२०१ मत ल्याएका छन् । करिब ३० हजार मत गन्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.