धनुषा ४: कांग्रेसको यादवले ६ सय ८६ मतले लिए अग्रता

डिसी नेपाल
१२ मंसिर २०७९ ९:५८
944
Shares

धनुषा। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन्। उनले २७ हजार दुई सय छ मत प्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.