इङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ?

डिसी नेपाल
२१ फागुन २०७९ ९:०७
124
Shares

काठमाडौँ। इङवा हाइड्रोपावरको आईपीओ आज (फागुन २१ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपाली का लागि १ लाख २० कित्ता सेयर जारी गर्न लागेका हुन्।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६ करोड रुपैयाँबराबरको सेयर जारी गर्न लागेको हो। आईपीओमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिका–२ स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटल गर्नेछ। यस आईपीओमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओ दुवै समूहले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने ढिलोमा चैत २० गते हुनेछ।

स्थानीयले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.