अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
२३ फागुन २०७९ १०:१४
136
Shares

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्नको लागि  नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।

कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले प्रति कित्ता १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ।

कम्पनीको यस हकप्रद सेयर विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न फागुन १८ गते बोर्डमा निवेदन दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.