एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा
काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको १६८ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (करसहित)दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्व ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि आफ्नो सेयरधनीलाई वितरण गरिने कम्पनले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment