शुभम् पावरको पहिलो कारोबार खुल्यो

डिसी नेपाल
२३ फागुन २०७९ १२:१६
92
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ। ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ। शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको र सोही भाउलाई आधार मानेर कम्पनीको कारोबार हुनेछ।

शुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकेको थियो। सोही रेन्जको विन्दुबाट यसको कारोबार खुला भएको छ।

शुभम् पावरको चुक्ता पुँजीका आधारमा कायम २० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार हुन नसकेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.