दुई दिनमा १५ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२५ फागुन २०७९ १०:४१
2.9k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.