चार कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
२६ फागुन २०७९ १३:०३
152
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चार कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा सांग्रिला डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, साना किसान विकास लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३११ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ३३८ रुपैयाँमा भएको थियो।

साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३०४९.९१ रुपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४३३५ रुपैयाँमा भएको थियो।

यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८८८ रुपैयाँ १० पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १११९ रुपैयाँमा भएको थियो।

यस्तैगरी, आशा लघुवित्तको १४.२९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७५२ रुपैयाँ ५० पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ८६० रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.