दुई कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर कारोबार रोक्का भएको छ। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फागुन २९ गते (सोमबार)देखि रोक्का भएको छ।
यी दुवै कम्पनी एक आपसमा प्रक्रिया पूरा गरी एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि नेप्सेले सेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीहरुले फागुन ११ गते वार्षिक साधारणसभाले गरि मर्जर प्रक्रियालाई पारित गरेको थियो।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००ः८० मा मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको नक्सालमा रहनेछ।







डिसी नेपाल







Facebook Comment