सेयर बजार राताम्मे, २४.६८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अङ्कले घटेर ३६८.४९ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा एनआईसी एशिया बैंक र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, खप्तर्ड लघुवित्त र आदर्श लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment