सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, कहिले हुँदैछ एजिएम ?
काठमाडौँ। सिक्लेस हाइड्रोपावरले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ।
यसका साथै लाभांश पारित गर्न कम्पनीले आउँदो चैत २० गते १८ औँ वार्षिक साधारणसभा पनि बोलाएको छ। सभा कास्कीको पोखरास्थित घारीपाटनको आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार चैत १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment