नेप्से परिसूचक झिनो अंकले बढ्यो
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार झिनो अंकले सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ अङ्कले घटेर ३६८.३२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र शिभम् सिमेन्टको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक मध्ये ५ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईसी एशिया ब्यालेन्स फण्ड र सपोर्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment