सबै बैंकले ब्याजदर घटाउँदा स्टान्डर्ड चार्टडलेले घटाएन

डिसी नेपाल
१ चैत २०७९ ८:०५
140
Shares

काठमाडौं। नेपालका सबै बैंकहरुले ब्याजदर घटाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाउन आनाकानी गरेको छ। सो बैंकले फागुन महिनामै कायम ब्याजदलाई निरन्तरता दिँदै चैत्र १ गतेदेखि लागू हुनेगरी सुचना सार्वजनिक गरेको छ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो। अन्य वाणिज्य बैंकहरुले सोहि अनुरुपमा नयाँ ब्याजदर सार्वजनिक गरेपनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ंं.४२ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्धति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकेर सुचना सार्वजनिक गरेको छ । साे बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने जनाएको छ।

अन्य बैंकहरुले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको भएतापनि स्ट्यान्डर्ड चार्टर्डले भने बचत खातामा न्यूनताम ६.४२ प्रतिशत नै ब्याज नै कायम राखेर सूचना निकालेकाे छ।

यसैगरी, साे बैंकले कर्जामा पनि आधारदरमा ५.७५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ जबकी तर नेपाल बैंकर्स सङ्घले आधारदरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.