दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

डिसी नेपाल
१ चैत २०७९ १४:०९
192
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ ९.९९ प्रतिशतले बढेको हो।

युनिक नेपाल लघुवित्तको सेयर भाउ १३२ रुपैयाँ ५० पैसाले बढेर १ हजार ४ सय ५८ रुपैयाँ ४० पैसा पुगेको भने शुभम् पावर कम्पनीको सेयर भाउ ४२ रुपैयाँ ६० पैसाले बढेर ४ सय ६९ रुपैयाँ १० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै  कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.