मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग समयसम्म कम्पनीओ आईपीओमा आवेदन दिन पाउने छन्।
कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ताको २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।
यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ।







डिसी नेपाल







Facebook Comment