कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ। कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने बिहीबार अन्तिम दिन हो। कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजनामा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ।
क्यापिटलले दु्ईचरण गरि कुल १० करोड इकाई निष्कासन गरेको हो। पहिलो चरणमा ५ करोड इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ। जसमध्ये ३ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कुमारी क्यापिटलका अनुसार दोश्रो चरणमा योजना व्यवस्थापकले तोकेको वितरक मार्फत बाँकी रहेको ५ करोड इकाई निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने छ।
न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्।







डिसी नेपाल







Facebook Comment