रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

डिसी नेपाल
२१ वैशाख २०८१ ७:५९
20
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *