जसपा विभाजित, अशोक राईको नेतृत्वमा नयाँ दल गठन

डिसी नेपाल
२३ वैशाख २०८१ १७:१३
2.8k
Shares

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ।

जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गर्न लागेका हुन्।

स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्।

राईको पक्षमा उनीसहित वनमन्त्री समेत रहेका नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव रहेका छन्। आफू पक्षीय सांसदको हस्ताक्षरसहित राई निर्वाचन आयोगमा पुगिसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्री रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन्।

उनी नेपाल फर्किए लगत्तै वर्तमान सरकारबाट बाहिरिने तयारी गरेपछि राईले आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्न लागेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *