अशोक राईको नेतृत्वमा दल दर्ताका लागि निवेदन, को-कोले छाडे उपेन्द्रको साथ ?

डिसी नेपाल
२३ वैशाख २०८१ १८:३८
1.5k
Shares

काठमाडौं।  सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ ।

आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *