सभामुखको भोटसहित गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत, कांग्रेसको नाराबाजी

डिसी नेपाल
२३ वैशाख २०८१ १८:५०
572
Shares

पोखरा। विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ ।आइतबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतबिभाजनका क्रममा अधिकारीले ३० मत पाएका थिए।

सभामुख कृष्ण धितालले आफुसहित प्रदेशसभामा ६० सदस्य रहेको र आवश्यक परेको खण्डमा आफूले पनि मत दिन पाउने अधिकार आफूसँग सुरक्षित रहेको जानकारी गराउँदै अधिकारीलाई परेको ३० मत प्रदेशसभाको बहुमत भएको भन्दै विश्वासको मत पारित भएको घोषणा गरेका थिए।

त्यस्तै उनले विश्वासको मत पाएको घोषणा गर्दा सर्वोच्चको आदेश समेत सुनाएका थिए। विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थ परेको थियो। त्यसपछि कांग्रेसले कालो झण्डा देखाउँदै नाराबाजी गरेको छ ।

मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत परेको थियो भने विपक्षमा कांग्रेसको २७ मत परेको थियो । त्यस्तै राप्रपा तटस्थ बसेको थियो। मतदानमा ५९ सांसद सहभागी थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *