पलाँस अब गायनमा पनि

डिसी नेपाल
२९ चैत २०८१ १९:१४
152
Shares

काठमाडाैं। कवि तथा गीतकार शिव पलाँसले आफ्नै रचना र स्वरमा नयाँ गीत ‘तिम्रो सुनको हात्ती’ सार्वजनिक गरेका छन्। केशव बादीको संगीत र संगीत संयोजन रहेको यो गीत पलाँस क्रियशन नामको युट्युब च्यानलमा सुन्न सकिन्छ।

करिब दुई दशकदेखि साहित्यमा निरन्तर क्रियाशील पलाँसको गीति संग्रह ‘ माया गर्नुको अर्थ’ प्रकाशित छ। त्यसैगरि उनका चार दर्जन जति गीतहरु रेकर्ड भएर बजारमा आइसकेका छन्। माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, गन्दै जादा पिरतीमा, खोकी लाग्दा हररो आदि उनका लोकप्रिय गीत हुन्।

अखबारी लेखनमा समेत सक्रिय पलाँसले गीतमाथि आइरहेका प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताएका छन्। मान्छे पैसामुखी र बनावटी बन्दै जाँदा मानवता हराउँदै गएको बिषयलाई गीतले उठान गर्न खोजेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.