परिवर्तनको आधार प्रविधि

कृष्ण बोहरा
२३ जेठ २०८२ ७:१९
32
Shares

समय परिवर्तनशिल छ भन्ने कुरा सबैले स्वीकार्दछन्। समाज पनि परिवर्तनशील छ, यसमा सबैको मत प्राय एकै हुन्छ। तर यो परिवर्तनको रहस्य के हो ? परिवर्तन कसरी हुन्छ? परिवर्तनको कारण के हो? यसको कारण यो हो कि मानिस आफू सजिलो र स्तरीय जीवन जीउनको लागि सधैं प्रयत्नशील हुने गर्दछ।

यसरी गर्ने प्रयत्नमा उसले आफ्नो मथिंगल ख्याउँछ। अनेक प्रयास र अभ्यासहरु पनि गर्ने गर्दछ। फलस्वरुप नयाँ नयाँ विधि र प्रविधिको उसले आविष्कार गर्दै जान्छ। ढुंगे युगदेखि मानिसको दिन चर्या यही हो। यसकारण आज आयर प्रविधिले सम्पन्न युगमा हामी आइपुगेका छौं।

अझै पनि यो पूर्ण भने होइन। जसरी मानिसको इच्छा र चाहनाको भोक कहिल्यै पनि तृप्त हुँदैन त्यसैगरी यो प्रकृया पनि चली नै रहेकोछ। हर पल, हर क्षण संसार पहिलेको स्वरुपबाट परिवर्तन भइरहेको छ। यी परिवर्तनहरु एक पछि अर्को हुँदै आएका छन्।

यसबाट समाजको स्तरसमेत झन पछि झन स्तरीय बन्दैछ। यस्ता परिवर्तनले सामाजिक चेतनाकाे स्तर पनि अभिबृद्धि हुँदै आएको छ। मानिसका ज्ञान छिपछिपेबाट गहिरो हुँदै गएजस्तै आइन्सटाइनको युगसम्म आइपुग्दा धेरै कुराको हाम्रो आफ्नै जीवनमा यसलाई आत्मसात गर्न पाएका छौं।

न्यूटनको युग एउटा स्थुल युग थियो। यसमा बिज्ञानले स्थुल कुरालाई मात्र आधार लिएको थियो। ठोस र स्थुल कुरा बुझ्न, बुझाउन पनि सजिलो थियो। एउटा सानो केटाको टाउकोमा रुखबाट स्याउ खसेर लागेपछि उसलाई त्यो स्याउ किन माथितिर गएन तर जमिनमा चाहिँ खस्यो? भन्ने कौतुलता जाग्यो जसबाट पृथ्बीमा भएको गुरुत्व बलको ज्ञान भयो।

दुईवटा पिण्डहरुमा हुने आपसी आकर्षणलाई गुरुत्वाकर्षण बल भनिन्छ। यीनै रहस्यहरुको उदघाटन सँगै अनेक सरल मेसिनहरु पनि बनाउन सजिलो भयो। जे होस आँखाले देख्न सकिने सरल र ठोस चीजमा आधारित भएकाले यस युगलाई स्थुल युग भनिन्छ। यसका जन्म दाता न्यूटन थिए।

यही युगमा माक्र्सबादको पनि आविष्कार भएकाले माक्र्सबादी दर्शन पनि न्यूटनको यूगबाट प्रभावित दर्शन हो। यसैले माक्र्सले भन्नुभयो, “संसार बोधगम्य छ। देखेका कुरा सबै सत्य हुन र नदेखेको कुरा सबै झुट्टा हुन्। पदार्थले चेतनाको उत्पत्ति गर्‍यो।

चेतना अथवा इश्वरले बस्तुको उत्पत्ति गरेको हैन।” हुन पनि बेलायतमा र बिस्तारै सारा युरोपमा बिज्ञानको आविष्कारका कारण वाष्प इन्जिन, पानीको शक्तिबाट चल्ने मेसिन र बिस्तारै पावर लुमहरुमका कपडा बुन्ने मिलहरु स्थापना भएकाले पूँजीबादी युगको सुरुवात भएको थियो।

पूँजीपति दिनानुदिन सम्पन्न हुँदै थिए भने मजदुरको हालत दिनहीन थियो। यसै पेरिफेरीमा माक्र्सबादको उदय भएको हो। यसमा न्यूटनको बैज्ञानिक आबिष्कारले समाजमा ल्याएको परिवर्तन माक्र्सबादी दर्शनको उदय हुनुको मूल आधार हो।

अब विज्ञानले फड्को मार्‍यो। हामी अहिले आइन्सटाइनको यूगमा आईपुगिसक्यौं। स्थूल यूग समाप्त भएर हामी ऐले सुक्ष्म युगतिर पदार्पण गरिरहेका छौं। देखेको कुरा मात्र हैन आँखाले देख्न नसक्ने सुक्ष्म भन्दा सुक्ष्म चीज बस्तु आजको विज्ञानको आधार हो। यसलाई क्वान्टम सिद्धान्त भनिन्छ।

क्वान्टम यूगलाई स्वीकार्नुको हामीसँग बिकल्प छैन। अध्यात्मबादीहरुले पहिले नदेखिने यस्तो शक्तिलाई इश्वरको नामरकण गरिदिएका थिए। अब मानिस भित्रै इश्वरको त्यो रुप पनि देखियो।

सफ्टवेरको आबिष्कारले प्रविधि सम्पन्न समाज देखापर्‍यो। सफ्टवेरको रङ तौल र आकार प्रकार केही हुँदैन। त्यो हामीले कम्प्युटरमा स्पेसबाट डाउनलोड गरी प्राप्त गर्न सक्छौं। यो कम्प्युटरमा बुझ्नको लागि संकेत मात्र हो। तैपनि यसले प्रविधिको संंसारमा आमुल परिवर्तन ल्याइदिएको छ।

यसले अन्तरिक्ष सम्मको यात्रा तय गर्न सक्ने अवस्थामा मानिस पुगिसकेको छ। बिभिन्न किसिमका ड्रोनको आबिष्कार भैसकेको छ। अब भबिष्यमा यो यातायातको छरितो साधन पनि हुन सक्ने सम्भाबना देखिएको छ। यदि यसो भयो भने खर्चालु सडक यातायातको पनि आवस्यकता पर्ने छैन।

सफ्टवेरको आगमनले मानिसको दिमागले गर्ने काम पनि सम्भव बनाइदिएको छ। रोबोटको आबिष्कारले श्रमबजारलाई प्रभाबित बनाएको छ। बिज्ञान र प्रविवधिमा आएको यो अवस्थाले हिजोका मजदुर कामदारहरु बेरोजगार बर्गको रुपमा परिणत हुँदैछन।

यसकारण उत्पादक शक्तिको रुपमा मार्क्स ले ब्याख्या गरेको उत्पादक शक्ति बिस्थापित भएको छ। अब समाजमा उत्पादक शक्ति श्रमिक वा मजदुर नभएर बिज्ञान र प्रविधि बन्न गएको छ।

बिश्वका बिबिध शहरका उध्योगहरुमा उत्पादक शक्तिको रुपमा बिज्ञान र प्रविवधिले काम गर्न थालेको छ। दुई चार जना इन्जिनियरहरुले कम्प्यूटरमा बसेर सारा उद्योगहरुको संचालन गर्ने अवस्था बनेको छ। यसैले मजदुर आन्दोलन र माक्र्सवादी क्रान्तिका कुरा इतिहासमा पढ्न पाइने पाठ्य बस्तुको रुपमा परिणत भएको छ।

.पुरानो पाराको क्रान्तिको बस्तुस्थिति पनि संसारबाट लोप भैसकेको अवस्था छ। यसको कारण बिश्वका पूँजीबादीहरु सिण्डिकेट, कार्टेल र निगमको रुपमा संगठित हुनु हो। माओले भन्ने गरेको जनबादी क्रान्तिको मित्र शक्ति राट्रिय पूजीपती बर्ग लोप भएको छ।

सियोदेखि रकेट सम्मको उपभोक्ताहरुको आवश्यकताको पूर्ति बहुर्राष्ट्रिय निगम जस्तो संस्थाले गर्न थालेको छ। यसैले माक्र्सले भने जस्तो क्रान्ति, लेनिनबादी क्रान्ति र माओको जनबादी क्रान्तिको मोडेलमा अब क्रान्ति हुनसक्ने बस्तुस्थिति संसारमा छैन।

बिज्ञान प्रविधिको बिकासले माक्र्सवादी दर्शनलाई पनि अत्यधिक प्रभाव पारेको तथ्य हो यो। समग्रमा क्वान्टम सिद्धान्त आइसकेपछि सामाजिक, आर्थिक र राजनीतिक तीनवटै क्षेत्रमा ब्यापक प्रभाब परेको छ। माक्र्सले ब्याख्या गर्नुभएको अतिरिक्त मूल्यको सिद्धान्तको औचित्यमा प्रश्न चिन्ह लागेको छ।

अतिरिक्त मूल्यको श्रृजना गर्ने मजदुरको कारखानामा कुनै जरुरत नपर्ने भएको छ। कामै गर्न नपाएपछि मजदुर बेरोजगार बनेको छ, भने पूँजीपतीको अतिरिक्त मूल्यको नाफा बढेर आकास छोएको छ।

यसरी मार्क्सबादी दर्शनको पुरानो रुप उत्पादक शक्तिमा फेरबदल आएसँगै एक किसिमको दार्शनिक समस्या उत्पन्न भएको छ। यस बिषय बस्तुलाई हल्का बुझेका एक बिद्वानले माक्र्सबादी दर्शसनलाई ईंगित गर्दै दर्शन मर्‍यो भनिदिएछन्।

तर उनलाई के थाहा? पुरानो जमानामा टाइपराइटरको महत्व ज्यादा थियो। हरेक अफिसमा टाइपराइटर हुन्थ्यो र टाइपिङ जान्नेले त्यहाँ जागिर पाउँथे। आजकाल टाइपराइटर कतै पनि देखिँदैन। टाइपराइटरको ठाउँ कम्प्युटरले लिएको छ।

अब के टाइपराइटर मर्‍यो भनिदिने? त्यसो हैन टाइपराइटरको स्तर बृद्धि भएको हो। टाइपराइटरको बिकसित रुप नै आजको कम्प्यूटर हो। मार्क्सबाद मरेको छैन। यसका मुख्य तीन नियमहरु जस्तो कि –
१ बिपरित तत्वहरुको एकत्व र संघर्षको नियम

२. परिमाणात्मक परिवर्तनबाट गुणात्मक फड्को को नियम,

३.द्वन्द्वात्मक र ऐतिहासिक भौतिकबाद।

यी नियमहरुको औचित्य अहिले पनि उतिकै छ। क्वान्टम सिद्धान्तले पनि हामीलाई ४ महत्वपूर्ण निष्कर्ष दिएको चाहिँ पक्कै हो। जुन यस प्रकार छ–१.पहिलो हो कण–तरंग द्वैतता। यसको अर्थ पदार्थको हरेक सानो इकाइमा यसको स्थुल (मानिसको आँखाले देख्न सकिने) रुप र तरंग वा सुक्ष्म (मानिसको आँखाले देख्न नसकिने) रुप हुन्छ।

दोश्रो बिशेषतालाई अनिश्चितताको सिद्धान्त भन्दछन्। पदार्थ दृष्य र अदृष्य दुबै रुपमा हुने भएकाले यसलाई सबै रुपमा नाप्न सकिँदैन। दोश्रो मानिसले नापेका तथ्यहरु जति छन् त्यो सबै पृथ्बी केन्द्रीत स्थुल सत्य हुुन्छन। तर बिशाल ब्रम्हाण्डमा यो लागू हुँदैन।

तेश्रो भनेको ब्यक्तिकरण सम्बन्ध हो। ब्यक्तिकरणको अर्थ आफ्नो इकाइ वा प्रणालीलाई कायम राख्दै अर्को प्रणालीसँग अन्तरसम्बन्ध रहने प्रकृया हो। मानिसका लागि स्थुल र सुक्ष्म रुपमा देखा पर्ने असंख्य प्रणालीहरु छन्। सुक्ष्म प्रणालीहरुको संख्या अझ कैयौं गुणा बढी छन्।

यी यस्तै ब्यक्तिकरण सम्बन्धमा रहेका छन्। चौथो बिशेषता बहुब्रम्हाण्डः हामी रहेको ब्रम्हाण्ड बाहेक पनि असंख्य अरु ब्रम्हाण्डहरु छन्। यसका छुट्टा छुट्टै प्रणालीहरु हुन सक्छन्। यीनीहरु सबै एक आपसमा ब्यक्तिकरण सम्बन्धमा रहेका छन्। हामी जुन ब्रम्हाण्डमा छौं, त्यसैको प्रणालीहरु र त्यही ब्रम्हाण्ड मात्र हामी देख्दछौं।

अरु ब्रम्हाण्डहरुको बारेमा हामीलाई ज्ञान छैन। माथिका यीनै खोजको कारण हामी इलेक्ट्रोनिक वा सफ्टवेर युगमा आइपुगेका हौं। यसैले युग अनुसार माक्र्सबाद मर्‍यो भन्ने हैन कि अब माक्सबादको स्तरबृद्धि गर्नुपर्छ। यसलाई स्तरीय बनाउनु आवस्यक छ भन्ने रुपमा हामीले बुझ्नुपर्छ।

मार्क्सवादी दर्शनलाई समायानुकुल बनाउनु आवस्यक छ। बदलिँदो परिस्थितिमा क्रान्तिको मोडेल पनि परिवर्तन हुन्छ। जसरी माक्र्सले भने जसो गरी लेनिनले रुसमा क्रान्ति गरेका थिएनन्। लेनिनले भने जस्तो चीनमा माओले गरेनन्। बदलिँदो परिस्थितिमा क्रान्तिको मोडेल परिवर्तन हुनु आवस्यक छ।

हिजोका क्रान्तिका मित्र शक्ति मजदुरहरु साथमा छैनन। चीनीयाँ जनबादी क्रान्तिमा साथ दिने राष्ट्रिय पूँजीपती बर्ग अहिले बिकासन्मुख कुनै पनि देशा साथमा छैनन्। यसैले क्रान्तिको सही मोडेल छनौट गर्न सक्नु अबको आबश्यकत्ता हो।

एउटै देश भित्र समाजबादी र पूँजीबादी दुई मोडेलको अर्थतन्त्र बिकास गर्न सकिने आजकोे बस्तुस्थिति हो। बिश्वभरीका बेरोजगार बर्ग आजको क्रान्तिकारी बर्ग मान्न सकिन्छ।

यसभन्दा अघि पूँजीपत्तीहरुले जसरी बिज्ञान र प्रविधिलाई उपयोग गरी आफूलाई बचाएका छन्, ठिक त्यसैगरी समाजबादीहरुले पनि बिज्ञान प्रविधिलाई उपयोग गर्न सक्नुपर्छ। उत्पादनसँग जोडिँदै बिज्ञान र प्रविधिलाई व्यापक प्रयोग गर्दै समाजबादी अर्थव्यबस्थाको निर्माणमा लागिपर्नु अबको छुट्टै मोडेल हुन सक्छ। तर दर्शन म¥यो, निमटयान्न भयो भन्ने तर्क गलत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.