प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै

डिसी नेपाल
१७ भदौ २०७६ ६:२६
4
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल आज (मङ्गलबार) सिङ्गापुर जाँदै छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मङ्गलबार दिउँसो एक बजे सिङ्गापुर जाने महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए।

स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए । प्रधानमन्त्रीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.