नेपाल परिवार दलले उपनिर्बाचनमा भाग लिने

डिसी नेपाल
१७ भदौ २०७६ २१:३६

काठमाडौं। नेपाल परिवार दलले उपनिर्बाचनमा भाग लिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मंगलबार काठमाडौँमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपनिर्बाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय गरेको प्रबक्ता सन्तोष कुमार पौडेलले बताए ।

अघि रिक्त रहेको विभिन्न ५१ स्थानका लागि मङ्सिर १४ गते उपनिर्बाचनको मिति तोकिएको छ। निर्बाचन आयोगले पनि उप निर्बाचनमा सहभागी हुन इच्छुक दलहरुलाई दर्ताको लागि आह्वान गरेको छ ।

संबिधानसभामा २ सिट रहेको नेपाल परिवार दलले पछिल्लो निर्बाचनमा बाम गठबन्धनलाइ सघाएको थियो । त्यसै गरि बैठकले सुर्खेत जिल्लामा रहस्यमय तरिकाले नेपालको राष्ट्रिय जनाबार गार्इ ठुलो संख्यामा मृत फेला परेको बारे छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए। परिवार दलले विभिन्न चाडपर्बको अबसरमा शुभकामाना आदानप्रदान कार्यक्रम गर्न पनि प्रदेश तथा जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.