भारतमा धेरै नेपालीहरु बन्धक छन्, दुवै सरकार गम्भीर हुनुपर्छ

नवीन जोशी
१४ साउन २०८२ ७:५३
76
Shares

नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ छ। नेपालको तुलनामा भारत विशाल देश हो। त्यसैले नेपालीहरुको अध्ययन एवम रोजगारीको गन्तव्य पनि हो। दुई देशबीच रोटी-वेटीको सम्बन्धदेखि व्यापार व्यवसाय गर्न, पढ्न वा रोजगारी गर्न जाने ठाउँ समेत हो। तर धेरैजना नेपाली जोखिमको अवस्थामा छन्।

महिला र बालबालिका अझ बढी जोखिममा पर्ने गरेका छन्। पछिल्लो समय फरक ट्रेन चलिरहेको छ। जुन निकै चुनौतिपूर्ण र खतरापूर्ण छ।
पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरुलाई फसाउने काम भइरहेको छ।

उनीहरुलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ। साथै शारीरिक र मानसिक रुपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरुमार्फत नै आफ्नो आफन्तहरु बोलाउन लगाउने गरिएको छ। यस्तो धन्दा एकदमै धेरै फस्टाइरहेको छ।

यो धन्दा नेपालमै पनि हुने गरेको छ। केही दिन अघिमात्र सुर्खेतबाट १४ जनालाई पक्राउ गरिएको छ भने चितवनबाट पनि १८ जनालाई पक्राउ गरिएको छ ।

तर भारतमा यस्तै किसिमको धन्दा भास्ट रुपमा चलिरहेको छ। त्यस्तै घटनामा फसेका ५८ जनालाई केही साताअघि उद्धार गरेका थियौँ। त्यो सबैलाई अवगत नै छ। यो घटना पत्ता लगाउने सिलसिलामा एक जनाको मृत्यु भएपछि धेरै कुरा थाहा पाएका हौं।

त्यसपछि धेरै ठाँउलाई रेट गर्दैगर्दा ५७ जनालाई निकालेर नेपालसम्म सुरक्षित रुपमा ल्याएका थियौं। यस्तो धन्दामा फसेका अरु पनि धेरैजना नेपाली छन् भन्ने कुरा आएको छ।

फसाउने तरिकापनि काइदाको छ। सुरुमा आफू फसेको नै पत्तो नपाउने रहेछन्। आफूमार्फत बोलाइएका व्यक्तिबाट टाढा राखिदो रहेछ। कति कमाउँछ भनेर टाढा बनाउन लगाइने रहेछ।

राम्रो पैसाको लोभ देखाउने र उनीहरुलाई बोलाउने अनि बोलाइसकेपछि बन्धक बनाउने काम भइरहेको छ। बन्धक बनाएर उनीहरुसँग पैसा माग्ने, अरु मान्छेहरु बोलाउन माहोल बनाउने, बन्धक बनाइएकाहरुको बे्रन वास गरेर पैसा असुल्ने काम अहिले भइरहेको छ।

पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरुलाई फसाउने काम भइरहेको छ। उनीहरुलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ। साथै शारीरिक र मानसिक रुपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरुमार्फत नै आफ्नो आफन्तहरु बोलाउन लगाउने गरिएको छ।

आकर्षक पैसा हुने रोजगारीको प्रलोभन देखाएर जोखिममा पर्नु भन्दा पनि ठूलो सपना देखाउने गरिएको छ। गाडी र बंगलाको सपना देखाउने गरिएको छ। यस्ता घट्नाहरु हामीले धेरैजसो विहारमा फेला पारेका छौं। दुइ महिना पहिला ५ सय ६८ जनालाई उद्धार गरिएको थियो।

जसमध्ये नेपाली पनि थिए र भारतीय पनि थिए। भारतका राजिस्थान, पन्जाब, हरियाणा जस्ता टाढाटाढा राज्यहरुका व्यक्तिहरु थिए। त्यस क्रममा २८ वर्षभन्दा कम उमेरकालाई बन्धकजस्तै बनाएर राखिएको रहेछ। र त्यसबेला पनि हामीले नै उद्दार गरेर नेपालसम्म ल्याएका थियौं।

त्यसपछि फेरी ५८ जना रुद्रपुर एवम काँसीपुर पुगेर उद्धार गरेका हौं। अहिलेपनि बिहारको विभिन्न ठाउँमा यस्तो धन्दा चलिरहेको छ। त्यसका लागि एउटा कुनै फर्म वा कम्पनी दर्ता गरिदो रहेछ। दर्ता गरिएको कम्पनी कानुनी रुपमा राम्रो देखिएपनि कार्य क्षेत्रमा फरक हुने रहेछ।

त्यस्ता कम्पनीको डकुमेन्टमा सबै उल्लेख भएपनि कार्यक्षेमा लेखिएको हुँदैन्। मानिसहरुलाई देखाउँदा दर्ता छौं भनेर देखाइएको हुन्छ। तर काम चाँही अर्कै गर्ने रहेछन्। मानिसलाई लालच देखाउने, बोलाउने र बन्धक बनाएर पैसा असुल्ने गरिएको छ।

लोभ लालच देखाएर ल्याएपनि खादा-माला लगाउने, मोटिभेसनल स्पिकरहरु ल्याएर स्पिच दिने, काउन्सिलिङ गर्ने व्यक्तिहरुलाई समेत ल्याएर ठूलै काम गराउनेजस्तो गरी प्रलोभनमा पारिने रहेछ। बिहान ४ बजे उठाएर पाँच घण्टासम्म हिडाउने अर्थात केहीपनि सोच्न भ्याउन नसक्नेगरी व्यस्त बनाइदो रहेछ। भारतमा पछिल्लो समय यसरी नै नेपाली युवाहरुलाई फसाउने र बन्धक बनाउने ट्रेन चलिरहेको छ।

अवैधानिक रुपमा भारत हुँदै तेस्रो मुलुक लैजाने, खास गरेर महिलाहरुलाई खाडी पुर्याएर फसाउने पनि गरिएको छ। जसका लागि भारतलाई प्रयोग गर्ने गरिएको छ। हामीले २०१७ र ०१८ मा अलग अलग ठाउँबाट थुप्रै उद्दारहरु गरेका पनि छौं। यो श्रृखंला हाल कम भएपनि भिजिट भिसा सुरु भएको छ। यसकै माध्यमबाट भारतलाई नै प्रयोग गरेर पठाउन सुरु गरिएको छ।

भारत हुँदै अर्को देश लैजान भनेर भारतमा नौं महिनादेखि बन्धक बनाइएका तीन जना महिलाहरुलाई लिएर यस पटक नेपाल आएको हुँ। दुई तीन वर्ष पहिला पासपोर्ट लिएर १४ लाख देखि २८ लाखसम्म बुझाइएको, त्यसपछि उनीहरुलाई भारत लगेर पनि पैसा असुल्ने गरेको पाइयो।

पीडितले पैसा दिन छाडेपछि फ्ल्याटमा लगेर बन्धक बनाएर राखेको पाइयो। फ्ल्याटमा नौं महिनासम्म बन्धक बनाएर राखिसकेपछि एकजनाले इमेल गरेका आधारमा हामीले उहाँहरुका बारेमा थाहा पाएका हौं।

दिल्ली प्रहरी, दूताबासलगायत संघ संस्थाहरुमा इमेल भइसकेपछि लगभग २४ देखि ४८ घण्टा भित्रमा तीन जनालाई उद्धार गरेका हौं। हाल नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोमा मुद्दा दर्ता गरिएको छ।

बेचविखनमा परेका, उच्च जोखिममा परेका सबै मानिसहरु महिला-पुरुष भन्ने छैन, सबै बन्धक बनाइएका हुन्छन्। उनीहरुलाई सहायत हामीले गरिरहेका छौं। वा जोखिममा परेकालाई उद्दार गर्ने, भारतबाट नेपाल आएर हराएका बालबालिकाहरु उद्धार गर्ने गरेका छौं।

खासगरी यतिबेला पुरुषहरु बन्धक बनाइने प्रचलन बढिरहेको छ। केही समय पहिला कास्मिरमा बन्धक बनाइएकालाई उद्दार गरिएको थियो। एकपटक ३५ जना, अर्काे पटक २८ जनालाई उद्दार गरेका थियौं। अहिले मानव जुनसुकै समयमा बेचविखनमा पर्ने अवस्था छ।

‘किन इन्डिया’ भन्ने हाम्रो संस्थाको संरचना भनेको दिल्लीमा छ। नेपालका संस्थाहरुसँग सहकार्य पनि गरिरहेका छौं। उद्दार गरेर ल्याइसकेपछि नेपाल सरकारकै मातहतमा उनीहरुलाई पुनःस्थापना गर्ने वा पढ्न, सीप सिक्न, वा कानूनी सहयोगका लागि संस्थाहरु र प्रशासनहरुसँग मिलेर अगाडि बढ्न सहज बनाउने काम गरिरहेका छौ।

समाजमा कुनै १४÷१५ वर्षको बालिका हराएकी छन् भने हाम्रो सोच कसैसँग भाग्यो वा विहे गर्यो भन्ने छ। तर त्यो सोच गलत छ। कसैको प्रलोभनमा परेर फसेको पनि हुनसक्ने संभावना प्रवल छ। उद्धार गरेर नेपाल आइसकेपछि पनि उनीहरुलाई गर्ने व्यवहार त्यति राम्रो भएको पाइँदैन्। यस्ता कुराहरुमा सुधार गर्नुपर्ने देखिन्छ।

यस्ता गम्भीर प्रकृतिका घटनाहरु भइरहेको देख्दा सरकार आफैं गम्भीर बन्नुपर्ने देखिन्छ। जिटुजी अर्थात सरकार सरकारबीच कुनै सम्झौता गरेर छिटो उद्धार खोजी गर्ने काम गर्नुपर्छ। यस विषयमा नेपाल सरकारले भारतसँग कुरा गरेर यस्तो कामलाई सहजीकरण गर्नुपर्छ।

नेपालको प्रहरी पनि भारत गएर ल्याउन नसक्ने, भारतको प्रहरी पनि नेपाल आएर लान नसक्ने जस्ता कारणले घट्ना गम्भीर भइरहेको छ। जस्तै भारतमा नेपालीहरुले केही अपराध गरेर नेपाल आएर बस्यो भने सरकारले सुपुर्दगी सन्धि नभएकाले अपराध गर्नेलाई पक्राउ गरेर जिम्मा दिन नमिल्ने भन्ने भन्ने छ।

भारतमा पनि यही कानून छ। यसले गर्दा पनि दलालहरुले धेरै फाइदा उठाइरहेका छन्। उनीहरुका एकदमै छुट्टै सञ्जाल छ, हरेक ठाँउमा आफ्नो मान्छे राखेका छन् र फसाउने काम गरिरहेका छन्। त्यस कारण जुनसुकै किसिमको अपराधी भएपनि पक्राउ गरेर ल्याउनसक्ने कानुन आवश्यक देखिएको छ।

(भारतको नयाँदिल्लीमा रहेको किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीसँग  गरिएकाे कुराकानीमा आधारित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.