३७ शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले नेपाल प्रशासन सेवाका ३७ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा सरुवा एवम् कामकाजका लागि खटाउने निर्णय गरेको हो।
मन्त्रालयको असोज २ गतेको निर्णयअनुसार सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
जसअनुसार विभिन्न गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्य निकाय तथा स्थानीय तहमा सरुवा गरिएको छ भने सङ्घीय मन्त्रालय, विभाग र आयोगमा कार्यरत शाखा अधिकृतहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई खटाइएको छ। यसका साथै केही स्थानीय तहबीच पनि प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment