पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सर्वसाधारणलाई दसैँको टीका नलगाउने घोषणा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।
देशमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको असहज र दुःखद अवस्थालाई मध्यनजर गर्दै यस वर्ष बडादसैँ पर्वमा टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको हो।
निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा गत भदौ र असोजमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको संख्यामा मानवीय निधन र अपूरणीय क्षति भएको परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
विपत्तिको यस घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै र आफ्नो आस्था, मर्यादा तथा परिपाटीलाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व अत्यन्त सादगीपूर्ण रूपमा मात्र मनाउने निर्णय भएको सचिवालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment