त्रिशूली किनारमा फेला परेको शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मादी, सेती र त्रिसुली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह । तस्बिर : मिला दरै/रासस
धादिङ । त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला परेमा नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।
भोटेकोशी र बूढीगण्डकी नदी हुँदै त्रिशूलीमा आएको बाढीले बगाएर ल्याएका विभिन्न वस्तुहरू किनारमा खोजी गर्ने तथा चलाउने क्रममा विष्फोट हुँदा दुई जना गम्भीर घाइते भएपछि प्रहरीले सचेत रहन अनुरोध गरेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै नदी किनारमा फेला पर्ने यस्ता शंकास्पद वस्तुहरू ज्यानमारा हुन सक्ने भएकाले तिनलाई नछुट्ट्याउन, नचलाउन र त्यसबारे कुनै पनि जानकारी पाएमा तत्काल नजिकको प्रहरी चौकी वा कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।
बाढीले बगाएर ल्याएका वस्तुहरूमा विस्फोटक पदार्थ हुन सक्ने जोखिम उच्च रहेकाले नदी किनार क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्रहरीले पुनः जोड दिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment