जापानी विदेशमन्त्री कोनोद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं । जापानी विदेशमन्त्री तारो कोनोले राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। नेपाल र जापानबीच हवाई सम्झौता नविकरण गर्न बुधबार काठमाडौं आइपुगेका कोनोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेपालले पनि विकसित देशको रुपमा अरु देशसँग सहकार्य गर्न चाहेको बताईन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री कोनोबीच बुधबार भएको सहमतिका आधारमा काठमाडौंदेखि टोकियोसम्म सिधा उडान गर्ने बारेमा छलफल भएको छ ।
नेपालको पूर्वाधारको क्षेत्रमा ठूलो सहयोग रहेको भन्दै कोनोले कृषिलगायतका अरु क्षेत्रमा पनि सहयोग गर्ने बताए । नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययनको लागि आउँदो हप्ता नै जापानका प्रतिनिधि नेपाल आउने र चैतदेखि नेपाली कामदार जान पाउने गरी प्रक्रिया अघि बढाउने तयारी भएको पनि जापानी परराष्ट्रमन्त्री कोनोले बताए।द भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले जापानी परराष्ट्रमन्त्री कोनोलाई जन्मदिनको शुभकामना पनि दिएका छन् ।







डिसी नेपाल







Facebook Comment