एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान)ले आज सार्वजनिक गरेको छ।
विज्ञप्तिमार्फत सार्वजनिक उक्त तालिकाअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ। यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ।
क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ। ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ। त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment