अब दुई ठूला पार्टीको वैकल्पिक पार्टीका रुपमा फोरम फोरम उदाउँदै छ – उपेन्द्र यादव

डिसी नेपाल
२७ पुष २०७५ १७:४५

धनुषा । उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट नेकपा र नेपाली काङ्ग्रेसको वैकल्पिक पार्टीका रुपमा अघि बढिरहेको दाबी गरेका छन् ।

आज जनकपुरमा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले आफ्नो पार्टी वैकल्पिक शक्ति बनेको बताउँदै मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सङ्घीय सरकारमा गएको उल्लेख गरे ।

वर्तमान संविधानका कतिपय धारामा हाम्रो विमति कायमै रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र र मौलिक हकजस्ता विषयवस्तुलाई संस्थागत गराउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचनाजस्ता विषयको लागि सङ्घर्ष गर्दै जानुनै अहिलेको मुख्य आवश्यकता रहेको बताए।

मधेश क्रान्ति फोरम नेपालका संयोजक नवीनकुमार यादवको नेतृत्वमा करीब २०० र नेविसङ्घका गौतम यादवको नेतृत्वमा समेत करीब २०० युवा विद्यार्थी फोरम नेपाल प्रवेश गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले युवाको बलिदानीले स्थापित प्रदेश नं २ को सरकार युवाकै भावनाअनुसार अघि बढिरहेको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *