घरको न घाटको भए सिद्धू

डिसी नेपाल
१७ साउन २०७६ १५:१९

एजेन्सी। भारतको पंजाब सरकारको क्याबिनेट मन्त्री पदबाट राजीनामा दिएका नवजोत सिंह सिद्धू घरको न घाटको भएका छन् । कांग्रेसले अहिले उनलाई दिल्लीको पार्टी अध्यक्ष बन्नुपर्ने शर्त राखेको छ । तर, यो शर्त सिद्धूले मान्न निकै कठिन छ । यसअघि भारतीय जनता पार्टीमा रहेका सिद्धूलाई पंजाब छाड्न भनेकै कारण उनी भाजपा छाडेर कांग्रेसमा आए । पंजाब छाड्न भनेकै कारण पार्टी छाडेका सिद्धूलाई अब फेरि त्यही शर्त राखिएपछि उनी धर्मसंकटमा परेका छन् ।

अहिले भाजपा प्रचण्ड बहुमतसहित केन्द्र सरकारमा छ । तर सिद्धूले भाजपा छाडिसके । अब कांग्रेसले राज्य सरकारमा पनि बहुमत ल्याउन कठिन देखिएको छ । यस्तो स्थितिमा पंजाब छाड्न भनेपछि सिद्धू घरको न घाटको भएका छन् । त्यसमाथि सिद्धूलाई जहाँ पठाइँदैछ त्यहाँ राज्य सरकारमा आम आदमी पार्टीको दबदबा छ । यही बेला सिद्धूलाई दिल्ली कांग्रेसको अध्यक्ष बनाउने चर्चा छ ।

यदि सिद्धूलाई दिल्लीको अध्यक्ष बनाइयो भने यो पहिलो घटना हुनेछ कि कुनै नेता एक प्रदेशको विधायक हुँदाहुँदै अर्को प्रदेशको अध्यक्ष हुनेछ । सिद्धू अहिले अमृतसरका विधायक हुन् । सिद्धूले केवल यत्ति शर्तमा भाजपा छोडेका थिए कि उनी पंजाब छाडेर जान चाहँदैनन् । त्यतिबेला भाजपा सिद्धूलाई हरियाणाबाट चुनाव लडाउन चाहन्थ्यो । सिद्धूले भाजपाको यो शर्त अवीकार गरेका थिए ।

भाजपाको शर्त अस्वीकार गर्दै पार्टी त्यागेर हिँडेका सिद्धूलाई कांग्रेसले पनि पंजाब छाडेर अर्को राज्यमा उतार्न चाहन्छ । शिला दीक्षितको मृत्युपछि दिल्ली प्रदेश कांग्रेसमा शून्यको स्थिति छ । शीलाले लोकसभा चुनावमा आफ्नो अनुभवले कांग्रेसलाई तेस्रो स्थानबाट दोस्रो स्थानमा ल्याइन् । यस्तोमा कांग्रेस शीलाको कदको व्यक्तिलाई दिल्लीको अध्यक्ष बनाउन चाहन्छ । दिल्लीका शिख समुदायको मतलाई हेर्दै कांग्रेस सिद्धूलाई यहाँ उतार्न चाहन्छ ।




प्रतिक्रिया

One thought on “घरको न घाटको भए सिद्धू

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *