डेब्यु खेलमै शानदार बलिङ गरेका नवदीप सैनीले बनाए नयाँ कीर्तिमान
एजेन्सी । वेस्ट इण्डिज भ्रमणमा रहेको भारतले टी–२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ। शनिबार भएको खेलमा वेस्ट इण्डिजलाई ४ विकेटले हराउँदै भारतले पहिलो जित निकालेको हो।
हिजो भएको खेल भारतका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका बलर नवदीप सैनीले उत्कृष्ट खेल देखाए। डेब्यू खेलमै उनले कुल ३ विकेट लिए।डेथ ओभरमा बलिङ गरेका सैनीले पारीको अन्तिम ओभरमा नयाँ कीर्तिमानसमेत बनाए। जुन अहिलेसम्म टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि भारतीय बलरले बनाउन सकेका थिएनन्।
यसरी सैनी टि-२० खेलको अन्तिम ओभर मेडन फाल्दै विकेट लिने पहिलो भारतीय खेलाडी बने। अन्तर्राष्ट्रिय विश्व क्रिकेटमा यस्तो उनीबाहेक ३ खेलाडीले मात्र गरेका छन्। यो सूचिमा न्युजिल्याण्डका जीतन पटेल, पाकिस्तानका मोहम्मद आमिर र सिंगापुरका जनक प्रकाशमात्र रहेका छन्।
यस्तै नवदीप सैनी डेब्यू खेलमा यस्तो गर्ने पहिलो खेलाडी भएका छन्। आजसम्म कुनै पनि खेलाडीले आफ्नो डेब्यू खेलको अन्तिम ओभरमा मेडन बनाएको छैन्।







डिसी नेपाल








Facebook Comment