एमाले एक्लै चुनावी मैदानमा रहछ : अध्यक्ष ओली

डिसी नेपाल
१४ फागुन २०८२ २१:५९
88
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाताहरूसँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *