सांसदका स्वकीय सचिवहरूसँग रास्वपाको अभिमुखीकरण

डिसी नेपाल
११ असोज २०८३ १८:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

संसद सदनभित्रको उपस्थितिले मात्रै चल्दैन, एउटा जनप्रतिनिधिको प्रभावकारी भूमिका पछाडि सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने‍ भावका साथ अभिमूखिकरण आयोजना गरिएको रास्वपाले जनाएको छ।

कार्यक्रममा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे आफ्नो धारणा राखेका थिए।

सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका के हो?, संसदीय अभ्यासमा यसको महत्व किन छ र सांसदको कामलाई प्रभावकारी बनाउन यसले कसरी योगदान गर्छ भन्ने विषयमा विशेष प्रकाश पारेका थिए।

त्यसैगरी, सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूबाट उठाइएका विभिन्न जिज्ञासा, प्रश्न र व्यावहारिक चुनौतीहरूबारे छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *