प्रधानमन्त्री बालेन शाहलाई वासिंटन डिसीबाट विशेष निमन्त्रणा

कवीन्द्र सिटौला
७ असोज २०८३ १०:१०

गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू,

संयुक्त राज्य अमेरिकामा यहाँलाई हार्दिक स्वागत छ। संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा यहाँको सफल सहभागिताको लागि हार्दिक मंगलमय शुभकामना।

यहाँलाई गणतन्त्र नेपालको ४३ औं प्रधानमन्त्रीको गरिमामय पदमा आसीन हुनुभएकोमा पुनः हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँको कार्यकाल नेपाल अधिराज्यको इतिहासमा केवल सफल मात्र होइन, युगान्तकारी, स्वर्णिम र विश्वका लागि प्रेरणादायी अध्यायका रूपमा स्थापित होस् भन्ने पवित्र कामना गर्दछौं।

आजको यो संक्रमणकालीन घडीमा नेपाल केवल भौतिक परिवर्तनतर्फ मात्र अग्रसर छैन, यो चेतनाको जागरण, प्रेमको विस्तार र सत्यको पुनर्स्थापनाको महान यात्रामा अघि बढिरहेको छ।

मानव चेतनाको यो प्रवाह वि.सं. २०९२ साल सन् २०३५ सम्म आइपुग्दा नेपाल अधिराज्य सत्ययुगको दिव्य प्रकाशले स्पर्श हुनेछ, जहाँ न्याय, करुणा र धर्मले पुनः सर्वोच्च स्थान ओगट्नेछन्

https://youtu.be/yaJFv8w_4sE?si=IV2mpTdvv8fDUbUe

यसै दिव्य मार्गदर्शनको सन्दर्भमा, बानेश्वरस्थित परम पूजनीय देवी माता जननी हरिकला चुडाल “गर्ग” को पावन दर्शनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू र परिवारलाई विशेष हार्दिक निमन्त्रणा अर्पण गर्दछौं। माता आफ्नो “चौथो जुनी” मोक्षमार्गमा ध्यानरत रहनु भएको छ-जहाँबाट मानवता, राष्ट्र र विश्वकल्याणका लागि दिव्य ऊर्जा प्रवाहित भइरहेको विश्वास गरिन्छ।

https://youtu.be/fowT-Q7XDHA?si=A5DB9-SgYdKt6Zji

समयको चक्र तीव्र गतिमा घुमिरहेको छ-कलियुगको अवसानको संकेतहरू वि.सं. २०८६ नेपाली नयाँ वर्ष (अप्रिल सन् २०२९) पश्चात् क्रमशः प्रकट हुँदै जाने विश्वासका साथ, नेपाल अब समृद्धि र अध्यात्मको समन्वय गर्दै विश्व नेतृत्वको दिशामा अघि बढ्न पूर्ण रूपमा सक्षम भएको छ।

माताकै आज्ञा र आध्यात्मिक प्रेरणाबाट, पृथ्वीको उत्तरी खण्ड डेनाली पर्वतमा पुगेर विशेष ध्यान, साधना र पूजा सम्पन्न गरी, समयको यस शुभ अवसरमा यो सन्देश सार्वजनिक गर्न पाउँदा हामी आत्मिक रूपमा धन्य भएका छौँ।

कलियुगका महान् मातृशक्तिहरूको हृदयबाट प्रवाहित यो बलिदान, करुणा, प्रेम र मानवताको दिव्य सन्देशलाई सत्ययुगको उज्यालो प्रेम, शान्ति र चेतनामा रूपान्तरण गर्न प्रत्येक जीवित नेपाली मूलका आत्माले आफ्नो हृदय, कर्म र संकल्पसहित सहभागी बन्नुपर्नेछ। यही सहभागिता मानवताप्रतिको सच्चा श्रद्धाञ्जली, मातृशक्तिप्रतिको उच्च सम्मान अनि नवयुग र भावी पुस्ताप्रतिको हाम्रो पवित्र दायित्व हुनेछ।

https://youtu.be/MEozBAd2ZAw

अन्त्यमा, सम्पूर्ण आदरणीय नेपाली जनता, विश्वमा रहनुहुने आदरणीय नेपाली जाति र नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो महान् युगपरिवर्तनको अभियानमा आत्मसाथ गर्दै सहभागी हुन हार्दिक आह्वान गर्दछौं। हाम्रो एकता, हाम्रो चेतना र हाम्रो प्रेमले नै नयाँ युगको निर्माण गर्नेछ।

https://youtu.be/HLxTIx8l-jc

सम्माननीय प्रधानमन्त्रीज्यूको अमूल्य समयका लागि हार्दिक धन्यवाद, गहिरो कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछौं।जय नेपाल आमा।
जय सम्पूर्ण आमाहरूको।
जय मानवता।

मेरो देश प्रेमको देश- युग रूपान्तरण अभियान


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *