समस्याग्रस्त ४ सहकारीका १०५ बचतकर्ताले पाए रकम, ऋण असुलीबाट बचत फिर्ता तीव्र
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ४ वटा सहकारीका १०५ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।
समितिले सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट पीडितहरूको बचत फिर्ता प्रक्रियालाई तीव्र बनाएको हो।
समितिका अनुसार कान्तिपुर बहुउद्देश्यीय सहकारीका ५५, शिव शिखर बहुउद्देश्यीय सहकारीका ३५, तुलसी बहुउद्देश्यीय सहकारीका १३ र ओरियन्टल को-अपरेटिभका २ जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्।
प्रचलित कानुनी व्यवस्था बमोजिम पहिलो चरणमा थोरै बचत भएका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिले जनाएको छ। बाँकी बचतकर्ताहरूलाई पनि बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने योजना रहेको छ।
समस्याग्रस्त सहकारीहरूबाट ऋण असुली गर्ने र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट पीडित बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने कार्य निरन्तर रूपमा अघि बढिरहेको सरकारले स्पष्ट पारेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment