एलजीको दशैं-तिहार अफर: घरायसी सामान खरिदमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहार

डिसी नेपाल
७ असोज २०८३ १०:३९

काठमाडौं। महान् पर्व दशैँ तथा तिहारलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले ‘LG को उपहार, मनाऔँ दशैँ र तिहार’ अफर सार्वजनिक गरेको छ। नेपालका लागि एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले आफ्ना घरायसी उपकरणहरूको खरिदमा २५ प्रतिशतसम्म नगद छुट र विभिन्न ग्याजेट तथा उपहारको व्यवस्था गरेको जनाएको छ

कम्पनीका अनुसार ३२ इन्चबाहेकका टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटर खरिदमा नगद छुट उपलब्ध गराइएको छ

यस्तै, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी, टप लोडमा ४ केजी र ट्विन टबमा २ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क पाइनेछ। साइड-बाई-साइड रेफ्रिजरेटर खरिद गर्दा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार राखिएको छ

यसैगरी, डिशवासर खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनर (AC) खरिद गर्दा निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ। निश्चित उत्पादनहरूमा ‘नो-कस्ट ईएमआई’ (बिना ब्याज किस्ताबन्दी) सुविधा पनि दिइएको छ

देशभर रहेका एलजी ब्रान्डसप तथा आधिकारिक बिक्री केन्द्रहरूमार्फत यो अफर लागू हुनेछ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *