सेयर बजार २६५४ अंकमा, ७ अर्ब नाघ्यो कारोबार

डिसी नेपाल
६ असोज २०८३ १५:३८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकको सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०६ अंकले बढेर २६५४ विन्दुमा कायम भएको हो।

परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक सुधार आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज बढेर ७ अर्ब ४ करोड रुपैयाँ नाघेको छ।

आजको कारोबारमा विशेषगरी ‘अन्य’ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखियो। उक्त समूहको सूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ। यसबाहेक जीवन बीमा ०.८२, लगानी ०.४८, माइक्रोफाइनान्स ०.४८, विकास बैंक ०.४३, बैंकिङ ०.३५ र होटल तथा पर्यटन समूह ०.३१ प्रतिशतले उकालो लागेका छन्। अर्कोतर्फ व्यापार ०.९३, फाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.२४, जलविद्युत् ०.१४ र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेका छन्।

बजारमा समग्रमा १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

मूल्य बढ्ने कम्पनीहरूमा मिडसोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको ७.७५, मैलुङखोला जलविद्युतको ५.६३ र मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशतले मूल्य वृद्धि भएको छ। यता स्नो रिभर्सका सेयरधनीले सबैभन्दा धेरै ८.२३ प्रतिशत गुमाएका छन्। नारायणी डेभलपमेन्ट बैंकको ६.९६, बोटलर्स नेपाल बालाजुको ६.७५ र इन्फिनिटी लघुवित्तको ५.६४ प्रतिशतले सेयर मूल्य घटेको छ।

आज कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर र लक्ष्मी सनराइज बैंक क्रमश: अग्रस्थानमा रहे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *