प्रधानसेनापतिद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका चार अधिकृतलाई पदोन्नतिपछि दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
भदौ ३१ गते उपरथीमा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र प्रकाश थापालाई मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
यस्तै, सहायक रथीमा पदोन्नति भएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि सोही अवसरमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment