बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा ६ जना मनोनित
काठमाडाैं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जनालाई नियुक्त गरेको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो।
नियुक्त हुनेहरूमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन्।
नवनियुक्त सदस्यहरूले मङ्गलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment