छातीमा समस्या देखिएपछि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङ
काठमाडाैं। गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। छातीमा असजिलो र सामान्य समस्या देखिएपछि उनी मङ्गलबार मध्यान्ह काठमाडौँको महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन्।
सेन्टरमा पुगेर उनले चिकित्सकहरूको टोलीमार्फत छातीको आवश्यक परीक्षण गराएका छन्। अस्पताल पुगेका गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले परीक्षणपछि आवश्यक परामर्श दिएको जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गृह मन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा-१ बाट निर्वाचित सांसद हुन्।
हाल देशमा भोटेकोशी बाढी र मनसुनी विपद्का कारण गृह मन्त्रालयको तर्फबाट विपद् व्यवस्थापन र उद्धार कार्यमा निरन्तर खटिरहँदा मन्त्री गुरुङलाई धपेडी र कार्यव्यस्तताका कारण सामान्य अस्वस्थता देखिएको मन्त्रालय स्रोतले जनाएको छ।








No ads found for this position



डिसी नेपाल
Facebook Comment